तातोपानी नाकाबाट लक्ष्यभन्दा कम सामग्री भित्रिए
सिन्धुपाल्चोक - उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट दुई महिनायता कन्टेनर सामान न्यून मात्रामा भित्रिइरहेको छ । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गकोे लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत १ असारदेखि नाका संचालनमा आउन सकेको छैन । यसका कारण यस नाकाबाट तातोपानी भन्सार कार्यालयले राखेको लक्ष्य पूरा गर्न सकेको छैन ।
नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन अबरुद्ध सडक र लगातारको वर्षाका कारण सडक संचालनको काम सार्थक बन्न सकेको छैन । त्यसै कारण तातोपानी नाकाबाट आयात ठप्प जस्तै भएको छ । सडक अवरुद्ध भएपछि सयौँ मालबाहक कन्टेनर न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएकाले सामान लिपिङबाट तुइन र बोकेर ल्याउनुपर्दा ढुवानी भाडा बढी पर्ने भएका कारण व्यापारी मर्कामा परेका छन् ।
तातोपानी भन्सारबाट असार महिना सुरु भएपछि दैनिक रूपमा दुईवटा कन्टेनर मात्र भित्रिने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले बताए ।
तातोपानी भन्सार कार्यालयमा असार महिनामा ११ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । साउन महिनामा ७ करोड २१ लाख राजस्व संकलन भएको उनले जानकारी दिए । गत वर्षको साउनमा ३ करोड ४८ लाख रुपैयाँ राजस्व उठेकामा यस वर्ष ७ करोड २१ लाख रुपैयाँ संकलन भएकाले निकै प्रगति देखिएको अधिकृत ढकालको भनाइ छ ।
गत वर्ष कोभिड र बाढी पहिरोले सडक संचालन नहुँदा खासै सामान नभित्रिएकाले राजस्व कम उठेको भन्सारले जनाएको छ । नाका ठप्प जस्तै हुँदा नजिकिँदै गरेको दशैँ, तिहारसम्म व्यवसायीले खरिद गर्न लागेका अर्बौं रुपैयाँ मूल्य बराबरका सामान ल्याउन सके फाइदा हुने व्यवसायीहरू बताउँछन् ।
चीनको खासा हुँदै लिपिङ बजार आइपुगेका कन्टेनर क्षतिग्रस्त लिपिङ पुल पार गर्न पूरै भासिने त्रासमा छेउमै रोकिएका सामान कामदारले बोकेर कन्टेनरका सामग्री कष्टपूर्ण रूपले ल्याउने गरेका छन् । यस कारण व्यापारीका धेरै सामग्री अलपत्र पर्ने गरेका छन् ।

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

प्रतिक्रिया