नेपाल एकिकरणको इतिहास सजाउने मूर्तिकार (फोटोफिचर)

काठमाडौँ : पृथ्वीनारायण शाह नेपाल एकिकरणका नायक हुन् । जसले तत्कालिन समयमा बाइसे चौबिस राज्यलाई एकिकरण गरेर सिंगो नेपाल निर्माण गर्ने अभियान चलाएका थिए । काठमाडौँलाई राजधानी पनि उनैले बनाएका हुन् ।
नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाह सबैका मन मष्तिष्कमा छन् । उनको फोटो जति नै कण्ठस्थ भएपनि हुबहु जस्तै मुर्ति बनाउन भने सजिलो छैन ।काठमाडौँको सीतापाइलाका हरिराम अधिकारी नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाह, उनका सेनापतिदेखि त्यतिबेलाका लडाकूहरुका मूर्ति बनाइरहेका छन् ।
उनले यसका लागि महिनौ खर्चिएका छन् । एउटा मूर्ति बनाउन ६ महिनादेखि एक वर्षसम्म पनि लाग्ने गर्छ । उनकै शब्दमा महिनौ लगाएर मेहनत गरेपछि मात्रै राम्रो र बलियो मूर्ति तयार हुन्छ । यसरी तयार पारिएको मूर्तिको मूल्य पनि महंगो पर्छ ।
हरिराम यसरी तयार पारेका मूर्ति १५ लाख रुपैयाँसम्म बिक्री गर्छन् । उनको यो व्यवसायले केही युवाहरुलाई रोजगारी दिएको छ भने नेपाल बनाउने र बचाउने ऐतिहासिक व्यक्तित्वलाई जिवित राख्न प्रत्यक्ष सहयोग पनि गरिरहेको छ । नेपाल एकिकरणकाे इतिहास जाेगाउने उनकाे कला अरु भन्दा फरक पनि छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया