सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउँछ : मीन विश्वकर्मा

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउने बताएका छन् । सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका उनले सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउने प्रतिक्रिया दिए । आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार निर्माण गर्ने दलहरूबीच सहमति कार्यान्वयन भइसकेकाले अव सरकारलाई पूर्णता दिने काममा ढिलाइ गर्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।
‘सायद भोलिसम्म मन्त्रिपरिषद् विस्तार भएर सरकारले पूर्णता पाउँछ,’ उनले भने, ‘ढिलो किन भयो ? भन्ने कुरा चाँहिँ दलहरूबीचको बैधताका कुरा, अस्तित्वका कुरा, दल निर्माणको कुरा र दलहरूबीचको केही सहमतिको कुरा हो । अहिले सहमति पनि भइसकेको छ । दल निर्माण पनि भइसकेको छ । सरकारको पक्षमा स्पष्ट बहुमत पनि जुटिसकेको हुनाले अव ढिलाइ हुँदैन ।’
नेता विश्वकर्माले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि सरकारका सहभागी हुने आफूले जानकारी पाएको बताए । कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता कर्ण थापाले आफ्नो पार्टी फुटाउन सघाएको भन्दै सभामुख अग्नि सापकोटा र सत्तारुढ नेपाली कांग्रेसको चर्को आलोचना गरे । थापाले एमालेले कारबाही गरिसकेका सांसदहरूलाई सभामुखले वैधता दिएर माधव नेपाल नेतृत्वको पार्टी निर्माणमा सघाउ पु¥याएको आरोप लगाए ।
‘सभामुखले नगर्नुपर्ने काम गरेका छन । त्यसका विरुद्ध आगामी दिनमा संसद चल्न नदिने अवस्था आउन पनि सक्छ,’ उनले भने । थापाले नेपाल नेतृत्वको पार्टी निर्माण अवैधानिक ढंगले भएको जिकिर गर्दै त्यसविरुद्ध आफूहरू सर्वोच्च अदालत जाने चेतावनीसमेत दिए ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया