कुन नियमका आधारमा जेम्सले रातो कार्ड पाए, मलाई थाहा छैनः थोमस टुकेल

काठमाडौँ - शनिबार राति एनफिल्डमा लिभरपुल र चेल्सीले १–१ को बराबरी खेले । पहिलो हाफको अन्त्यतिर रिस जेम्सले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा सीमित भयो । तर पाहुना टिमले दोस्रो हाफमा परिपक्व रक्षात्मक खेल देखाउँदा लिभरपुलले गोल थप्न सकेन ।
इंग्लिस प्रिमियर लिगका दुई टिमबीचको खेलको नतिजाभन्दा पनि जेम्सको पाएको रातो कार्डबारे धेरै बहस भइरहेको छ । पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका खेलाडीले गरेको प्रहार जेम्सको हातमा लागेको थियो । भीएआरले जेम्सले जानाजान बल ह्यान्ड गरेको निचोड थियो । त्यसपछि जेम्सले रातो कार्ड खाए भने लिभरपुलले पेनाल्टी पायो । त्यसमा मोहम्मद सलाह चुकेनन् र खेल १–१ को अवस्थामा पुग्यो ।
त्यही रातो कार्डका विषयमा प्रतिक्रिया दिँदै चेल्सीका प्रशिक्षक थोमस टुकेलले सुरुवातमै एउटा टिम १० खेलाडीमा सीमित हुँदा खेल निरश हुने बताए । ‘रातो कार्ड हो वा होइन भन्नेमै म प्रष्ट छैन । रेफ्रीले रातो कार्ड कुन नियमका आधारमा दिए, मलाई थाहा छैन । यद्यपि रेफ्रीको नियम हामीले स्विकार गर्नैपर्छ । व्यक्तिगत रुपमा मलाई खेलको सुरुवातमै रातो कार्ड देखाएको राम्रो लाग्दैन । किनभने यसले खेलको माहोल बिगार्छ,’ टुकेलले भने ।
१० खेलाडीमा सीमित भएपछि आफूहरूलाई खेलमा रहन असाध्यै गाह्रो भएको जर्मन प्रशिक्ष टुकेलको भनाइ थियो । ‘दोस्रो हाफमा हामीले पाँच खेलाडीलाई रक्षापंक्तिमा राख्यौँ । किनभने हामीले लिभरपुललाई गोलको अवसर सिर्जना गर्नबात बञ्चित गर्नु थियो । जे होस्, खेलाडीहरुले रक्षात्मक रुपमा बलियो खेल देखाए,’ टुकेलले थपे ।
बराबरीका बाबजुद लिभरपुल र चेल्सी शीर्ष तीनमा छन् । शीर्षस्थानको वेस्टह्याम अनि चेल्सी र लिभरपुलको सात अंक छ । गोल भिन्नतामा पनि तीनै टिम बराबरीमा छन् । शनिबार ब्राइटनलाई पराजित गरेको एभरटनले पनि सात अंक बटुल्यो । राफा बेनिटेजको टिम गोल भिन्नतामा चौँथो स्थानमा छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया