कालिकोटका अधिकांश एमाले जनप्रतिनिधि एकीकृत समाजवादीमा

सुर्खेत – कालिकोटका एमालेका स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्ताहरू माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा खुल्न थालेका छन् । कालिकोटबाट प्रतिनिधित्व गर्ने भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीको कारण पनि एकीकृत समाजवादीतर्फ जनप्रतिनिधि तथा कार्यकर्ताहरू खुलेको एमालेका नेताहरूको भनाई छ ।
शाहीले गत वैशाखमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । कालिकोटमा ६७ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये ४० जनाभन्दा बढी एकीकृत समाजवादीमा खुलेका छन् । त्यस्तै धेरैजसो जनप्रतिनिधि पनि एकीकृत समाजवादीमै लागेका छन् । एमालेले जितेका तीन स्थानीय तहका अध्यक्ष एवम् उपाध्यक्ष गरी चारजना र २४ वडाध्यक्षमध्ये १३ जना एकीकृत समाजवादीमा खुलेका हुन् ।
खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्ट, नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिकाका अध्यक्ष षडानन्द चौलागाई र उपाध्याक्ष पम्फा शाही नयाँ दलमा खुलेका छन् । एमालेमा भने खाँडाचक्र नगरपालिकाका नगरप्रमुख जर्सीप्रसाद पाण्डे र महावु गाउँपालिकाका उपाध्यक्ष मनराज शाही एमालेमै रहेका छन् ।
यस्तै, २४ वडाअध्यक्षमध्ये खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जगदेश शाही, ४ का दानसिंह विक नयाँ पार्टीमा लागेका छन् । पचालझरना गाउँपालिका–१ का रत्नलाल न्यौपाने, रास्कोट नगरपालिका–९ का डबल वोगटी, सान्नीत्रिवेणी ७ का मनिराम सिम्खडा, ८ का जनक केसी पनि नयाँ पार्टीमा खुलेका छन् । एकीकृत समाजवादीको पार्टीको जिल्ला भेलामा धेरै नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
प्रदेश सांसद एकीकृत समाजवादी पार्टीका केन्द्रीय कमिटी सदस्य देवी वलीका अनुसार, नयाँ पार्टीतिर जनप्रतिनिधिहरू खुल्ने क्रम जारी रहेकाले अब २१ दिनभित्रमा मात्र संख्या थाह हुने बताइन् ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_MULYYg7Qrp_qpsa4614zqzwjiqhrpr68bu68lbqie4tvxiqo4zsvc3grm0omju0fiqinquc.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया