ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्यौँ : माधव नेपाल

काठमाडौं - नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु भएको छ । एमालेसँग विभाजन भएपछि पहिलोपटक समाजवादीको संसदीय दलको बैठक बसेको हो । सो बैठकले दलको नेतादेखि प्रमुख सचेतकसहित पदाधिकारी चयन गर्नेछ । अहिले बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका छन् ।
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरूले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताएका छन् । पहिलोपटक बसेको आफ्नो पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीसँगको व्यक्तिवादी चरित्रविरुद्धको निरन्तर संघर्षपश्चात नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताए ।
पार्टीभित्र पक्षपात गर्ने ओलीले बैठकहरुमा बोल्नसमेत नदिएको नेपालको भनाइ छ । पार्टीदेखि संसदसम्म आफ्नो व्यक्तिवादी चरित्र लाद्ने ओलीले संसद विघटन गरेर पार्टी एकतालाई भाँडेको अध्यक्ष नेपालको आरोप छ ।
नेपालले एमाले अध्यक्ष ओलीले गोप्य सहमति नगर्दा पनि अहिलेको राजनीतिक अवस्था सृजना भएको आरोप लगाएका छन् । नेपालले साविक नेकपाका बेला प्रचण्डसँग भएको आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमतिलाई ओली लत्याउँदा राजनीतिक अस्थिरता सुरु भएको आरोप लगाए ।
दक्षिणपन्थीको इसारामा गुटको राजनीतिक गरेर ओलीले कम्युनिष्ट एकतालाई मात्रै होइन एमालेलाईसमेत जोगाउन नसकेको नेपालको आरोप छ । प्रधानमन्त्रीको कुर्सीमा बसेर गर्न नहुने र बोल्न नहुने अव्यक्ति दिएर ओलीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका उनले चुनावी घोषणा पत्रविपरीत ओली अघि बढेको आरोप दोहोर्याए ।
प्रधानमन्त्रीको कुर्सी असुरक्षित भएपछि ओलीले प्रतिनिधि सभा विघटन गरेको नेता नेपालको आरोप लगाए । नेता नेपालले सरकार र पार्टीमा आफ्नो विकल्प नरहेको भन्ने अहम् ओलीले पालेको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया