आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

'अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो'

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पछाडि फर्किन आग्रह गरेका छन्। शनिबार अध्यक्ष नेपालले अगाडि बढ्न धकेलेको तर पार्टी गठन गर्ने बेला भागेको भन्दै कटाक्ष गरेपछि नेता रावलले नामै नलिइ झवाफ फर्काएका हुन् । उनले माधवकुमार नेपाललाई कसैले अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पनि फर्किनुपर्ने बताएका छन् । 

‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ ट्वीटरमार्फत रावलले भनेका छन्, ले ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’