भाजपा नेता चौथाइवालेसँगको भेटवार्ताबारे जनतालाई जानकारी गराउन भीम रावलको माग
काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभागप्रमुख विजय चौथाइवाले नेपाली नेताहरूलाई भेटेको बारे प्रश्न उठाएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत कूटनीतिक मर्यादाको सीमा नाघेर चौथाइवालेसंग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्ने विषय उठाए ? भन्दै प्रश्न गरेका छन् । उनले भेटवार्तामा राष्ट्रिय हितका के कुरा गरे र जनतालाई जानकारी गराउन पनि आग्रह गरेका छन् ।
'कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसंग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्ने विषय उठाएछन् र राष्ट्रिय हितका के कुरा गरेछन्,' उनले प्रश्न गरेका छन्, 'जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि?'
काठमाडौँमा रहदा चौथाइवालेले सत्तारूढ र प्रतिपक्षी दलका अधिकांश मुख्य नेताहरूसँग भेटवार्ता गरेका थिए । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्रीहरू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग उनले भेटवार्ता गरे । त्यस्तै मन्त्रीहरू बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, र जनार्दन शर्मालाई पनि भेटे । उनले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित अन्य पार्टीका नेताहरू विष्णु पौडेल, बिमलेन्द्र निधि र वर्षमान पुनसँग पनि भेटवार्ता गरेका थिए ।
कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसंग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कार्वाई गर्ने विषय उठाएछन् र राष्ट्रिय हितका के कुरा गरेछन्,जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि?
— Dr. Bhim Rawal (@BhimRawal179) August 29, 2021

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया