जसपाको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रम आज भैरहवामा

बुटवल - जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आज आइतबार भैरहवामा हुँदैछ । भैरहवाको जनकपथस्थित युनिक बैंक्वेटमा मध्यान्ह १२ बजेदेखि हुने अभिमुखीकरण कार्यक्रमलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई,नेताहरु महेन्द्र राययादव र अमृता अग्रहरीले सम्बोधन गर्ने छन् ।
कार्यक्रममा पार्टीको लुम्बिनी प्रदेश समिति, संघीय परिषद,केन्द्रीय समिति,तिनै तहका जनप्रतिनिधि,जनवर्गीय संगठनका पदाधिकारी र सदस्य लगायतको उपस्थिति रहने पार्टीका प्रदेश अध्यक्ष अशोक यादवले बताए ।
पार्टीबाट निश्कासित महन्थ ठाकुर,राजेन्द्र महतो लगायतका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि जसपाले पार्टी विभाजन हुनुको कारण प्रष्ट पार्न र संगठन सुदृढिकरण,अन्य दलबाट पार्टी प्रवेश गराउनका लागि सातवटै प्रदेशमा प्रदेशस्तीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जसपा लुम्बिनीका मुख्य सचिव यज्ञ पोखरेलले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया