मोहनामा आठ वर्षदेखि पुल अधुरै: नदी तरेर धनगढी आउन खोज्दा बेपत्ता

धनगढी - कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ र ९ मा पर्ने राजघाटका स्थानीयलाई नुनदेखि सुन किन्न धनगढी आउनुपर्छ । राजघाट र धनगढीे सीमा भएर बग्ने मोहना नदीमा सरकारले पुल बनाउन थालेकाे आठ वर्षमा पनि पूरा भएकाे छैन । निजी क्षेत्रबाट निर्मित आकाशे पुल पनि बिहीबार बाढीले बगाइदिएको छ ।
यसअघि स्थानीय पैसा तिरेर आकाशे पुल वा नदी नै तर्न बाध्य थिए । अब त त्यो विकल्प पनि हटेको छ । पुल बगाएपछि बर्खामै नदी तर्न बाध्य भएका धनगढीका पुरन राना बेपत्ता भएका छन् । बिहीबार पुल तरेर राजघाट गएका उनी शुक्रबार बिहान धनगढी फर्कदै थिए । तर, त्यतिन्जेल पुल बगिसकेको थियो । शुक्रबार साँझ नदी तरेरै आउन खोज्दा बाढीले बगाएर उनी बेपत्ता भएको दाइ रामदाश रानाले बताए ।
आठ वर्ष अघि ठेक्का लाग्यो, पुल कहिले बन्छ पत्तो छैन
सरकारले आठ वर्षअघि मोहना नदीमा पुल निर्माण थालेको थियो । तर, कहिले बन्छ अहिलेसम्म थाहा छैन । २०७१ मा पुल पक्की पुल निर्माण थालिएको हो ।
कृष्णपुर नगरपालिका–९ का वडा अध्यक्ष छत्र महराले पुल नहुँदा स्थानीयलाई समस्या भएको बताए । ‘हिउँदमा त्यति समस्या हुँदैन । तर, बर्खामा धनगढी जान सकस हुन्छ,’ उनले भने, ‘निजी क्षेत्रले बनाएको पुल पनि बगाएपछि बर्खामा कसरी नदी तर्नु ?’
मोहना नदीमा निर्माणाधीन पक्की पुलको ढलान भइसकेको र भरान गरेर भए पनि पैदल हिँड्नसम्म बनाउन सकिने उनले बताए । त्यसका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग छलफल भएको छ ।
स्थानीय हरि भुत्यालका अनुसार राजघाटका स्थानीयका लागि नजिकको बजार धनगढी हो । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर जान, आउन एक दिन नै लाग्छ । तर, नदीमा पुल छैन ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_YFmOiEE7Y2_vkl1vhjrwkcztp4tz0jlgehwp9dlflhnlfu1fxx6r4sregxybgqbjv4xuyiq.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया