बुन्डेसलिगामा लेभरकुजन अपराजित, फ्राइबर्गका लागि जोङको दुई गोल

काठमाडौँ-जर्मन बुन्डेसलिगामा बायर्न लेभरकुजनले अपराजित यात्रालाई कायम राखेको छ । शनिबार राति अग्सबर्गलाई हराउँदै लेभरकुजन अंक तालिकाको पहिलो स्थानमा उक्लियो । जितसँगै लेभरकुजनले सात अंक बनायो । उति नै अंक भएको फ्राइबर्ग गोल भिन्नताका आधारमा दोस्रो स्थानमा छ । शनिबार राति नै फ्राइबर्गले स्टुटगार्टलाई हरायो ।
लेभरकुजनले ४–१ को जित दर्ता गर्दा दुई गोल उपहार पायो । इयागो र फ्लोरियन निडरलेचनरले आत्मघाती गोल गरेपछि लेभरकुजन १४ मिनेट भित्रै २–० को स्थितीमा पुग्यो । तर आत्मघाती गोलकर्ता निडरलेचनरले ३० औँ मिनेटमा लेभरकुजनको पोष्टमा गोल गरेपछि भने खेल २–१ ले अघि बढ्यो । लेभरकुजनले दोस्रो हाफमा दुई गोल थप्यो । उसका लागि प्याट्रिक सिक र फ्लोरियन विजले गोल गरे ।
दोस्रो स्थानको फ्राइबर्गले स्टुटगार्टलाई ३–२ ले पराजित गर्यो । खेलका पाँच गोल नै पहिलो हाफमा भए । फ्राइबर्गले आफ्ना सबै गोल सुरुवाती आधा घण्टाभित्र गरेको थियो । उसका लागि उयोङ जोङले तेस्रो र नऔँ मिनेटमा गोल गरे । त्यसैगरी, विजयी टिमका लागि लुकास होलेरले २८ औँ मिनेटमा गोल गरे । पराजित स्टुटगार्टका लागि कोन्सटान्टिनोस माभरोपानोस र हमादी अल गाद्दिओइले गोल फर्काए ।
जर्मन लिगमा शनिबार राति नै भएका अन्य खेलमा मेन्ज र एफसी कालोन पनि जित हासिल गरे । मेन्जले गु्रएथर फ्रुथलाई ३–० ले हराउँदा एन्डडरसन लुकोक्वी, एडम सजलाइ र केभिन स्टोगरले एक–एक गोल गरे । कोलोनले बोचुममाथि २–१ को जित हासिल गर्दा लुइस साउब र टिम लेम्पेर्लेले एक–एक गोल गरे । बोचुमका लागि सिमोन जोल्लेरले एक गोल फर्काए । शनिबारको पहिलो खेलमा बिलफिल्ड र फ्रान्कफर्टले १–१ को बराबरी खेलेका थिए ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया