नवलपरासीमा बेपत्ता तीनै जनाको शव फेला

कावासोती - पहिरामा परी बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका-४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरामा परी बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिए ।
शुक्रबार दिनभरी सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत पहिरामा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिरामा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए ।
हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र छ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको पहिरामा परी बेपत्ता भएका थिए । हस्तबहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो । (रासस)

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया