बेन्जेमाको त्यो गोल : बल्ल बच्यो रियल

काठमाडौं : करिम बेन्जेमाले दुई गोल गरेपछि रियल म्याड्रिड बुधबार जर्मन क्लब बोरुसिया मन्चुनग्लाडबागमाथि जित दर्ता गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । इस्टाडियो डि स्टिफानोमा मन्चुनग्लाडबागलाई स्वागत गर्नुअघि रियललाई जितको आवश्यकता थियो । तर बेन्जेमाले पहिलो हाफमा दुई गोल गरेपछि रियलले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्यो ।
गत साता शाख्तर डोनेस्कसँग पराजित भएसँगै रियल च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिने खतरा बढेको थियो । तर निर्णायक खेलमा फ्रेन्च फरर्वाडले गोल गरेपछि रियल लगातार २९ औं पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्यो । स्पेनिस ला लिगामा पनि खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको रियलले मन्चुनग्लाडबागलाई पराजित गर्दा प्रशिक्षक जिनेदिन जिदानले राहत महसुस गरे । हारले जिदानको रियल भविष्य थप अन्यौलमा पर्ने निश्चित थियो ।
‘हामीले पहिलो मिनेटबाटै योजना अनुरुपको खेल देखायौं । हाम्रो लागि सायद यो सिजनकै सबैभन्दा राम्रो प्रदर्शन थियो । हामी प्रत्येक खेल यसरी नै खेल्ने प्रयास गर्छौ । तर सधै सफल भइँदैन,’ खेलपछि जिदानले स्पेनिस पत्रिका मार्कासँग कुरा गर्दै भने ।
उता बेन्जेमाले मन्चुनग्लाडबाविरुद्धको खेलमा विजय भएपछि रियल महत्वपूर्ण खेलमा जित दर्ता गर्न अझै सक्षम रहेको प्रतिक्रिया दिए । (अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

नेपाललाई यू-१६ इस्ट जोन कपको उपाधि

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

प्रतिक्रिया