आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

एमाले सुदूरपश्चिमकी प्रमुख सचेतक पनि नेकपा समाजवादीमा

फाइल फोटो

कैलाली - नेकपा एमाले सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विश्वकर्माले एमाले छाडेर आफू माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेको बताएकी छन् । उनी यसअघि कुनै पक्षमा नलागेर तटस्थ रहेकी थिइन्। उनले आफूले विगतमा एमाले हुँदा पनि माधव नेपाल समूहकै नीति, सिद्धान्तलाई आत्मसात् गरेको समेत बताइन् ।

विगतदेखि नै प्रतिगमनकारीसँग समन्वय र सहकार्य नहुने उनको भनाइ छ । अछामबाट समानुपातिक सांसद एवंम एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी विश्वकर्माले विगतमा नेता भीम रावलकै कारण नेपाललाई साथ दिंदै आएकोमा अहिले उनले नै आफूहरुको साथ छाडेको पनि बताइन्।

एमाले विभाजनका बेला सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएका १७ जनामध्ये १४ जना प्रदेशसभा सदस्य माधव नेपालको नेकपा एकीकृत समाजवादी रहेको पनि उनको दाबी छ ।