डुवानले परासी सवस्टेशनको विद्युत आपूर्ति बन्द
काठमाडौँ : केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको शबस्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ ।
वर्षा र डुबानका कारण सो शबस्टेशनको ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए । उनले भने, “वर्षा र डुबानका कारण ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले तत्कालै शबस्टेशनबाट विद्युत् आपूर्ति गर्न सक्ने अवस्था रहेको छैन् ।”
सो शबस्टेशनबाट विद्युत् आपूर्ति बन्द भएपनि तत्कालका लागि गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको शबस्टेशनबाट परासी वितरण केन्द्रअन्तर्गतका ग्राहकलाई विद्युत् आपूर्ति गरिएको उनको भनाइ छ ।
डुबानका कारण परासीस्थित शबस्टेशनको कम्पाउण्ड वालमा क्षति पुग्दा स्टेशनभित्र पानी पसेर विद्युत् आपूर्तिमा महत्पूर्ण भूमिका निर्वाह गर्ने ब्रेकरसहित उपकरणमा निकै ठूलो क्षति पु¥याएको छ । केन्द्रका अनुसार यस शबस्टेशनबाट विद्युत् आपूर्ति गर्न अझै केही दिन लाग्ने छ ।
प्रमुख श्रीवास्तवले शबस्टेशन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यस्थापनको तयारी गरिसकिएको र आजैबाट मर्मतसम्भारका काम सुरु गरिने जानकारी दिए ।
सो केन्द्रअन्तर्गत करिब ४४ हजार ग्राहक छन् । तीमध्ये तत्कालका लागि ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको शबस्टेशनबाट विद्युत् आपूर्ति गरिएको हो । ससाना उद्योगलाई विद्युत् आपूर्ति गरिए पनि ११ हजार केभिएको ट्रान्सफर्मरमार्फत सञ्चालनमा रहेका ठूला उद्योगधन्दालाई तत्काल सञ्चालन नगरिदिन आग्रह गरिएको प्रमुख श्रीवास्तवले जानकारी दिए ।
परासी वितरण केन्द्रअन्तर्गत सूर्यपुरा, सुनवल, महेशपुर र बञ्जरियास्थित कार्यालय पर्दछन् । यो केन्द्रअन्तर्गत कूल ४४ हजार ग्राहक छन् । रासस

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

युरो एकको बिक्रीदर १६१ रूपैयाँ नाघ्दा अरू देशको मुद्रा कतिमा हुँदैछ कारोबार…

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक : पूर्वअर्थम…

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

प्रतिक्रिया