‘यस्तो गीत गाउने ’ वर्षा र राजको चाहना

काठमाडौं : गायक सुगम पोखरेल र गायिका सुष्मा विश्वकर्माको स्वरमा समावेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सार्वजनिक भएको छ ।
यो गीतमा सत्यराज चौलागाँइको शब्द, सरोज प्याकुरेलको संगीत छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
यो गीतको भिडियोमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् । गीतले एक युवक र एक यूवतीविचको प्रेम र वाचाको कथा भन्छ ।
भिडियोमा केही महिनादेखि प्रेम सम्बन्धमा रहेका राज र वर्षाको अभिनयले पनि अझै सुन्दरता थपेको छ ।
यो गीतको भिडियोेलाई रामजी लामिछानेले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा सौरभ लामाकोे छायांकन, अर्जुन जिसीको सम्पादन छ ।
लामिछानेले भिडियोमा वर्षा र राजलाई रोमान्टिक शैैलीमा प्रस्तुत गरेका छन् । गीत जस्तैै भिडियोे पनि फिल्मी लाग्छ ।
भिडियोमा रेनिश फागोको कलर, सुरेश काफ्लेको ड्रोन, सरोेज पाण्डे र हरि काव्या थापाको मेकअप छ । भिडियोमा मुख्य सहायक छायांकारको रुपमा ईश्वर सिन्केमान र हिमाल श्रेष्ठले काम गरेका छन् भने सहायक कोरियोेग्राफरको रुपमा निर्मल खत्री र दीपक सीकेले काम गरेको छन् । भिडियोका प्रोडक्सन डिजाइनर सुदिप ढकाल हुन् ।

बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

‘महावतार नरसिंहा’ सुपरहिट भएपछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका…

‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

प्रतिक्रिया