नेपाल पक्षको रुपन्देही एमाले समानान्तर कमिटी समाजवादीमा रुपान्तरित
बुटवल- रुपन्देहीमा एमालेको समानान्तर कमिटी सञ्चालन गर्दै आएको माधवकुमार नेपाल पक्षको रुपन्देही जिल्ला कमिटी नेकपा एकिकृत समाजवादीमा रुपान्तरित भएको छ । शुक्रबार बुटवलमा बसेको नेपाल पक्षको रुपन्देही जिल्ला कमिटीको बैठकले सर्वसम्मत रुपमा नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रुपान्तरित हुने निर्णय गरेको हो ।
एमालेको जिल्ला स्तरिय समानान्तर कमिटीको बैठकले सिङ्गो कमिटी नेकपा (एकिकृत समाजवादी)मा रुपान्तरित हुने निर्णय गरेको सो पक्षका नेता सिद्विचरण भट्टराईले बताए । समानान्तर कमिटीका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरूले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिस्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेका थिए । सहभागी सदस्यहरूले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न र राष्ट्रियता जोगाउन सर्वसम्मतरुपमा एकिकृत समाजवादी पार्टीमा रुपान्तरित हुने निर्णय गरेको भएको भट्टराईले जानकारी दिए ।
बैठकमा साविक एमाले उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा काफ्लेलगायतले क्रान्तिकारी रुपान्तरणका लागि एकिकृत समाजवादीमा समाहित हुनुको विकल्प नभएको बताएका थिए । सिद्धार्थ नगरपालिकाका नगर प्रमुख हरि अधिकारी र तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपनि आफुहरूको समर्थन नेकपा (एकिकत समाजवादी)मा रहेको सन्देश उपलब्ध भएको उपसचिव भट्टराईले दाबी गरे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया