रोनाल्डोको आगमनसँगै म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग जित्ला ?
काठमाडौँ : धेरै अनुमानविपरित क्रिष्टियानो रोनाल्डो अन्ततः म्यानचेस्टर युनाईटेडमा आबद्ध भएका छन् । शुक्रबार राती म्यानचेस्टर सिटीसँगको आबद्धता प्रयास असफल भएपछि रोनाल्डो र म्यानचेस्टर युनाईटेडबीच सम्झौता भएको हो ।
स्पेनिस महारथी रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डोले युभेन्टस छाडेर आफ्नो पुरानै प्रिमियर क्लब रोजेका हुन् । युभेन्टसमा च्याम्पियन्स लिग जित्न नसकेपछि रोनाल्डो निराश रहेको समाचार आएका थिए ।
त्यसमाथि उनले गतिलो प्रशिक्षक नपाउँदा पनि च्याम्पियन्स लिग जित्न नसकेको अड्कलबाजी थियो । गएको सिजन सिरी ए उपाधि समेत रक्षा गर्न नसकेपछि रोनाल्डोले विकल्प खोजिरहेका थिए । सुरुमा उनी फ्रेन्च क्लब पीएसजी जाने हल्ला समेत चलेको थियो ।
तर पीएसजीले फ्री ट्रान्सफरमा बार्सिलोनाका सर्वकालिन खेलाडीका लियोनल मेस्सीलाई आबद्ध गराउन सफल भयो । नेयमारको प्रयासमा पीएसजीले मेस्सीलाई भित्र्याएपछि रोनाल्डोको नयाँ गन्तव्य अनिश्चित बनेको थियो ।
यसबीचमा सर्जियो अग्वेरोले समेत क्लब छाडेपछि उनको विकल्पमा सिटीले केनको असफलतामा रोनाल्डोसँग कुरा अगाडि बढाएको थियो । तर प्रशिक्षक पेप ग्वार्डिओलाले रोनाल्डोप्रति उत्साह नजनाउँदा उनको रोजाई पुरानै क्लब म्यानचेस्टर युनाईटेड भएको हो ।
सन् २०१२÷१३ मा एलेक्स फर्गुसनले प्रिमियर लिग जिताएर बिदा भएपछि युनाईटेड लिग उपाधिविहीन छ । गएको सिजन दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाईटेडले यसपटक रोनाल्डो भित्र्याएपछि लिग जित्ने अनुमान धेरैको छ ।
रोनाल्डो तिनै खेलाडी हुन्, जसले म्यानचेस्टर युनाईटेडमा तीनपटक लगातार प्रिमियर लिग जित्दै च्याम्पियन्स लिग ट्रफीका साथमा बेलुन डेर अवार्ड जितेका थिए । रोनाल्डो ला लिगा क्लब प्रवेश गरेपछि प्रशिक्षक एलेक्स फर्गुसनले एकपटक उपाधि जिताए । रोनाल्डो र फर्गुसनविना उपाधि जित्न नसकेको म्यानचेस्टर युनाईटेडलाई असम्भव जस्तै रह्यो । अब रोनाल्डो फेरि प्रिमियर लिग क्लब फर्केपछि सोल्सायरको नेतृत्वमा म्यानचेस्टर युनाईटेडले उपाधि जित्ला ? यो सिजनको अन्त्यसम्म प्रिमियर लिग हेर्नैपर्नेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया