एक हप्तापछि हुम्लामा इन्टरनेट सेवा
सिमकोट : हुम्लाको अदानचुली गाउँपालिकामा एक हप्तादेखि अवरुद्ध रहेको इन्टरनेट सेवा सुरु भएको छ । टावर मर्मतका लागी वर्ल्ड लिंक कम्युनिकेसनले मर्मत कार्य सम्पन्न गरेपछि सेवा सुचारु भएको हो ।
गाउँपालिका अध्यक्ष दल बहादुर फडेराले एक हप्तापछि इन्टरनेट सेवा सुचारु भएको बताए । इन्टरनेट सेवा नहुँदा मर्कामा परेका सेवाग्राहीलाई राहत भएको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वर्ल्ड लिंकको टावरमा खराबी आउँदा हप्ता दिनदेखि इन्टरनेट अवरुद्ध भएकोमा उक्त मर्मत गर्दा सेवा सुचारु भएको हो ।
इन्टरनेट सेवा सुचारु भएसँगै यस क्षेत्रका बैंक तथा वित्तिय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम सुरु भएको छ ।

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

प्रतिक्रिया