मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

विपद् प्रतिकार्यको सामग्री हस्तान्तरण

रसुवा : रसुवा जिल्लामा विपद् प्रतिकार्यका आवश्यक सामग्री हस्तान्तरण भएको छ । लाइफ ज्याकेट, भ¥याङ, हेलमेट, औजारलगायत २९ प्रकारका सामग्री नेपाल रेडक्रस रसुवा जिल्ला शाखाले जिल्ला विपद् व्यवस्थापन समितिलाई प्रदान गरेको हो ।
           
रेडक्रसका सभापति बाबुलाल तामाङले जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाललाई ती सामग्री हस्तान्तरण गरेका हुन् । रेडक्रसबाट प्राप्त सामग्री विपद् व्यवस्थापन समितिको गोदाममा भण्डारण गरिएको र आपत्कालीन अवस्थामा उपयोग गर्न सहज भएको प्रजिअ ढकालले बताए।  हस्तान्तरण भएका सामग्री रु दुई लाख मूल्य बराबरको भएको रेडक्रसले जनाएको छ ।
           
‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने पवित्र नारा बोकेको रेडक्रस संस्थाले बाढी, पहिरो र आगलागी घटनाबाट पीडित परिवारलाई संस्थाका तर्फबाट स्थलगतरूपमा राहत सामग्री वितरण गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् ।

यस्तै गत साउन २९ गते स्याफ्रुबेँसीमा गएको पहिराका कारण विस्थापित २६ घरपरिवारलाई सोही दिन रेडक्रसका तर्फबाट राहत उपलब्ध भएकाले उक्त संस्थाप्रति आम नागरिकको अवस्था बढ्दै गएको स्याफ्रुबेँसीका बासिन्दाले बताएका छन् । रासस