रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्कने पक्का
काठमाडौँ - म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोको स्थान्तरणका विषयमा युभेन्टससँग सहमति भएको बताएको छ । युनाइटेडले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै रोनाल्डोलाई ओल्ड ट्राफोर्ड फर्काउन युभेन्टससँग आवश्यक सहमति गरिएको बताएको हो ।
स्थान्तरण औपचारिक रुपमा पक्का हुन अब युनाइटेड र रोनाल्डोबीच सहमति हुन आवश्यक छ । त्यसपछि स्वास्थ्य जाँच र भिसाको प्रक्रिया सकिएसँगै रोनाल्डोले युनाइटेडसँग सम्झौता गर्नेछन् ।
पाँच पटक बालोन डोर जितेका रोनाल्डोले आफ्नो करियरभर ३० उपाधि जितेका छन् । जसमा पाँच च्याम्पियन्स लिग र सात लिग उपाधि सम्मिलित छन् । सन् २००३ देखि २००९ सम्म युनाइटेडमा रहँदा रोनाल्डो तनि पटक इंग्लिस प्रिमियर लिग च्यामिपयन बनेका थिए । उनले रियल म्याड्रिड र युभेन्टसमा पनि लिग जिते ।
पछिल्लो समय म्यानचेस्टर सिटीसँग जोडिएका रोनाल्डो अन्ततः युनाइटेड नै फर्कने भएका हुन् । सन् २०१८ मा युभेन्टससँग आबद्ध भएका रोनाल्डोको टुरिनको क्लबसँगको सम्झौता सकिन एक वर्ष बाँकी छ । तर रोनाल्डोले क्लब परिवर्तन गर्न चाहेपछि युभेन्टस बाधक बनेन ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया