झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा - झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मोरङको उर्लाबारी नगरपालिका-६ निवासी ५० वर्षीय हेमसागर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका-४ स्थित चुलाचुली चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे. १ ख ६७६२ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे. ३ प ९४४९ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो साढे १ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बस र चालक मोरङ उर्लाबारी नगरपालिका–७ निवासी ४२ वर्षीय सम्पतलाल धिमाललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

प्रतिक्रिया