रोनाल्डो दौडमा म्यानचेस्टर युनाइटेड एक्लो धावक
काठमाडौँ - क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर सहर फर्कने सम्भावना बढेको छ । तर स्थान्तरण भने उनकै पुरानो क्लब म्यानचेस्टर युनाइटेडतर्फ हुने देखिएको छ । दी एथ्लेटिकका अनुसार पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न चाहेको म्यानचेस्टर सिटी पछि हटेपछि युनाइटेडले बाजी मार्ने सम्भावना बलियो भएको हो ।
युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले आफ्ना पुराना साथी ओल्ड ट्रार्फोड फर्कन लागेको पष्टि गरेनन् । तर संकेत भने गरेका छन् । ‘उनी युनाइटेडका लेजेन्ड हुन् । मैले पनि उनीसँग खेल्ने मौका पाए । खेलाडी मात्र होइन, व्यक्तिका रुपमा पनि उनी असाध्यै मिलनसार छन् । युनाइटेडका सबै समर्थक उनको प्रशंसक हुन् । यदि रोनाल्डो युभेन्ट्स छाड्न चाहन्छन् भने उनलाई थाहा छ युनाइटेड उनलाई स्वागत गर्न तयार छ,’ सोल्स्यारले भनेका छन् ।
रोनाल्डोको सम्भावित स्थान्तरणका विषयमा उनका एजेन्ट र सिटी प्रशासनबीच छलफल नभएको होइन । तर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला रोनाल्डो अनुबन्ध गर्न उति उत्साहित नदेखिएको एथ्लेटिकको दाबी छ ।
सिटी पछि हटेपछि युनाइटेड स्वत रोनाल्डोको पहिलो विकल्प बन्ने देखिएको छ । रोनाल्डोको सम्भावित स्थान्तरणका विषयमा सोल्स्यार पनि उत्साहित देखिएका छन् । यी दुईले युनाइटेडमा करिब करिब चार वर्ष सँगै खेलेका थिए ।
युनाइटेडको प्रशिक्षक बनेपछि सोल्स्यारले रोनाल्डोलाई ओल्ड ट्राफोर्ड फर्कन पटक पटक आग्रह गरेको बताइएको छ । युनाइटेडका युवा खेलाडीहरुले ३६ वर्षीय रोनाल्डोको उपस्थितीको लाभ लिनसक्ने भएकाले सोल्स्यार उनलाई फर्काउन लालयित भएको बताइएको छ ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया