स्वास्थ्य मापदण्ड अपनाएर ट्रायल लिन विभागलाई सीसीएमसीको निर्देशन
काठमाडौँ – कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वास्थ्य मापदण्ड अपनाएर सवारीको ट्रायल परीक्षा लिन यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।
कोभिड–१९ संक्रमण कायमै रहेकाले यसबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा र ट्रायल सञ्चालन गर्न सीसीएमसीले विभागलाई यस्तो निर्देशन दिएको हो । परीक्षार्थीहरूको ५० प्रतिशत सहभागितामा सवारी चालक अनुमतिपत्र परीक्षा र ट्रायल सञ्चालन गर्न सीसीएमसीले विभागलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गराउँदै चालकहरूलाई लिखित परीक्षा र ट्रायल लिन अनुमति दिइएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बताए ।परीक्षाका लागि आवेदन फर्म यसैसातादेखि खुल्ने जनाइएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया