प्रधानमन्त्री कार्यालयमा रहेका दुई सचिवले पाए जिम्मेवारी

काठमाडौँ – सरकारले तीन जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा तथा पदस्थापनको निर्णय गरेको हो ।
सचिव भरतमणि सुवेदी र कृष्णहरी पुष्करलाई पदस्थापन गरिएको छ भने गणेश पाण्डे प्रदेशबाट संघीय मन्त्रालयमा सरुवा भएका छन् । एक साताअघि बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेको थियो । सरकारले उनलाई अतिरिक्तबाट प्रधानमन्त्री कार्यालयमा नै पदस्थापन गरेको हो ।
यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव पाण्डेलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयको अतिरिक्त समूहमा रहेका पुष्कर राजश्व सचिवमा पदस्थापन भएका छन् ।

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

प्रतिक्रिया