राप्ती प्रादेशिक अस्पतालका मेसुमाथि कालोमोसो

बुटवल : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहलाई युवाहरुले कालोमोसो दलेका छन् । स्थानिय सर्जन परियारको नेतृत्वमा गएको चार जनाको समूहले दिउँसो मेसुको कार्यकक्षमै पुगेर कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।
घटनामा संलग्न उनीहरुको खोजी भइरहेको एसपी काफ्लेले बताए । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री र गणेस खड्काका विरुद्धमा उजुरी परेको प्रहरीले बताएको छ ।
टाइडफाईड भएको बिरामीको जाँच र उपचारमा लापरवाही गरेपछि डा. विनोद सिंहलाई कार्यकक्षमै पुगेर मोसो दलेको एसपी काफ्लेले बताए । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्टमाथि भएको दुर्व्यवहारविरुद्ध चिकित्सकहरु आन्दोलित भएका छन् । आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया