अध्यादेशका भरमा नियुक्त संवैधानिक पदाधिकारीको भविष्य छिनोफानो हुँदै

काठमाडौँ– लामो समयदेखि पेशीमै चढ्नै नपाएको संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारसम्बन्धी संशोधन अध्यादेश र त्यसअनुरुप नियुक्त पदाधिकारीहरूका वैधानिकता हकमा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारदेखि सुनुवाइ शुरु भएको छ । लामो समयदेखि विचाराधीन अध्यादेश र नियुक्त पदाधिकारीविरुद्धको रिट अब छिट्टै छिनाफानो हुने भएको छ ।
उक्त रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पनि प्रतिवादी बनाइएको हुँदा अबको सुनुवाईमा उनी अनुपस्थित रहनेछन् । संवैधानिक इजलासको नेतृत्व बरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले गर्नेछन् । संविधानतः संवैधानिक इजलासको नेतृत्व प्रधानन्यायाधीशले गर्ने उल्लेख छ ।
प्रधानन्यायाधीश राणा स्वयं अध्यादेशका आधारमा भएका नियुक्तिमा संलग्न भएको हुँदा उनकै नेतृत्वमा इजलास बस्न नहुने भनी प्रश्न उठेपछि राणाले बाहिरिने निर्णय लिएका हुन् । ‘हामीले प्रधानन्यायाधीशरहितको संवैधानिक इजलास हुनुपर्छ भनी बहस गर्यौँ’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘त्यसपछि प्रधानन्यायाधीश नरहने निर्णय लिएका हुनु ।’
अध्यादेशविरुद्ध बरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र दिनेश त्रिपाठीले बहस गरेका थिए । पूर्ववर्ती केपी शर्मा ओली सरकारका पालामा संवैधानिक परिषद्सम्बन्धी बहुविवादित अध्यादेश जारी गर्दै संवैधानिक अंगका पदाधिकारीहरू नियुक्त गरिएको थियो । अध्यादेशका आधारमा दुई पटक गरी ५२ जना संवैधानिक पदाधिकारी नियुक्त भएका थिए । प्रतिनिधि विघटनका मौका छोपी भएका नियुक्तिको संसदीय सुनुवाईसमेत भएको छैन ।
छ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्ष मात्र सामेल थिए । गणपूरक संख्या कम गर्ने रणनीतिसहित अध्यादेश जारी गरिएको थियो । त्यसैका आधारमा बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख र विपक्षी दलका नेता अनुपस्थित रहेका थिए ।
प्रधानन्यायाधीश राणाले उक्त रिट निवदेन नै खारेज हुनुपर्छ भनी सर्वाेच्च अदालतलाई जवाफ पठाएका थिए । उनको जवाफमा भनेका थिए, ‘अध्यादेश मर्म र भावनाअनुरुप परिषद्को बैठक र निर्णयसम्बन्धी कार्यविधिको पालना गरी संवैधानिक परिषद्को बैठकबाट भए गरेका निर्णय कामकारबाहीले निवेदकको कुनै पनि हकमा आघात पुग्न नगएको र निवेदनमा उल्लेख गरे जस्तो कुनै पनि अवस्थाको विद्यमानता नभएको अवस्थामा रिट निवेदन खारेजभागी छ ।’ राणाले रीट जारी गर्ने/नगर्ने विषय अदालतको स्वविवेकीय अधिकार भएको समेत उल्लेख गरेका थिए ।
केपी ओलीले ल्याएको अध्यादेशका आधारमा नियुक्त भएकाहरूको सूची ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया