प्रदेश १ का मन्त्री तिवारी र साम्सोहाङले लिए शपथ

विराटनगर – विराटनगर – प्रदेश १ मा बिहीबार मन्त्रिपरिषद्को पहिलो विस्तार गरिएको छ । प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र बलबहादुर साम्सोहाङ मन्त्री बनेका हुन् । उनीहरूले प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
तिवारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका हुन् । तिवारी र साम्सोहाङ माधव नेपाल समुह छाडेर १० बुँदे सहमति कार्यन्वयन गर्ने समुहको नेतृत्व गर्दै मुख्यमन्त्री भीम आचार्यसँगै एमालेमा खुलेका थिए । शुक्रबार चार सदस्यीय मन्त्रिमण्डल विस्तारको तयारी गरिएपनि मन्त्रीमा तिवारी र साम्सोहाङले मात्रै पद तथा गोपनियताको सपथ लिएका हुन् ।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथ लिए लगत्तै उनीहरुले मन्त्रालयमा पुगेर पदभार ग्रहण पनि गरेका छन् । नेपाल समुहमा रहेका सांसदहरुलाई एमालेमै फर्काउने प्रयास स्वरुप तिवारी र साम्सोहाङलाई पहिलो चरणमा मन्त्रिमण्डलमा सहभागी गराइएको एमाले स्रोतले जनाएको छ । मन्त्रिमण्डलमा नेपाल समुहमै रहेर अहिले एमालेमा खुलिसकेका पुर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाउने चर्चा चलेपनि उनी तयार नभएको जनाइएको छ ।
शुक्रबारको मन्त्रिमण्डलमा एमाले प्रमुख सचेतक बुद्दीकुमार राजभण्डारी र सांसद विमल कार्की मध्ये एकजना एवं एमालेमै रहने कि नेकपा (एस) तिर लाग्ने भनेर दोधारमा परिरहेका महिला सांसद मध्ये एकजना गरी थप दुईजनालाई सपथ गराउने तयारी रहेको थियो । तर मुख्यमन्त्री आचार्यले अहिले नै धेरै मन्त्रि बनाउँदा एमालेलाई एकल बहुमतको सरकार बनाउन आवश्यक ४७ सांसदको साथ नजुट्ने सम्भावना हुने भन्दै हाललाई तिवारी र साम्सोहाङलाई मात्रै सपथ गराउन इच्छुक देखिएको जनाइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया