बाढीमा डुबेर नवलपरासीमा दुई जनाको मृत्यु

बुटवल - बाढीले बगाउँदा पश्चिम नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८, बन्जरीयाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षका प्रदीप छन् ।
सुनवल नगरपालिका १४ की एलिसा तामाङ बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक राजु लामाले घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको जानकारी दिए ।
उनीहरूको शव केही तल खेतमा फेला परेको थियो । तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए । उनलाई पनि बाढीले बगाएको अनुमान प्रहरीको छ । रातिदेखिको वर्षाले पश्चिम नवलपरासीको परासी बजार डुबेको छ । परासी सबै बजार जलमग्न भएको छ ।
धेरै घरहरू आधाभन्दा बढी डुबेका कारण मानिस घरको छतमा बसेका छन् । परासी हुँदै बगेको झरही नदीमा पानीको वहाब बढ्दा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया