कोभिड जित्नेको संख्या बढ्दो, शुक्रबार थपिए २०६५ संक्रमित

काठमाडौँ- शुक्रबार कोभिड-१९ संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ । शुक्रबार दुई हजार ३३७ जना संक्रमण भएका छन् । देशभर हालसम्म सात लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।
२४ घण्टामा दुई हजार ६५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ११७ जनाको कोभिड परीक्षण गरिएको छ । त्यसैगरी २५ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमित ३७ हजार ५९९ जना छन् ।
आईसीयूमा ६२२ जना र भेन्टीलेटरमा १७१ जना उपचाररत छन् । होम आईशोलेसनमा ३४ हजार ६७६, संस्थागत आईसोलेशनमा दुई हजार ९२३ र क्वारेन्टीनमा ३३७ जना रहेका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया