रहेनन् कवि वैद्य
काठमाडौँ- नेपाल भाषाका चर्चित आधुनिक कवि पूर्ण वैद्यको बिहीबार निधन भयो । भदौ २ गते अस्वस्थ भएपछि उनलाई ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको थियो ।
उनको जन्म १९९७ साल जनैपूर्णिमाका दिन भक्तपुरको चोछेँ टोलमा भएको थियो । ‘सरासू’ कविता सङ्ग्रहका लागि २०२१ सालमा उनलाई नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ प्रदान गरिएको थियो ।
विसं २०७६ मा उनी न्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि पुरस्कृत भए । थुप्रै पुस्तक लेखेका उनको ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रहको अङ्ग्रेजी भाषानुवाद भएको छ ।
दिवङ्गत वैद्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी परिवारजनले दिएको छ । रासस
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया