कालीगण्डकी जोगाउन कविता अभियान

काठमाडौं : 'कालीगण्डकी बचाऔं अभियान'ले नदी संरक्षणमा बल पुग्ने भावका कविताको लागि स्रष्टाहरूलाई आह्वान गरेको छ । काली नदीको अवैध दोहन भएको तथा नदी सभ्यता नै नामेट पार्न खोजिएको विरोधमा अहिले देशैभरिका कविहरुले कविता लखेका छन् ।
कालीगण्डकी बचाऔं अभियानका मुख्य अभियन्ता आरके अदीप्त गिरीका अनुसार पाँच दर्जन बढी कविहरूले यस अभियानको लागि कविता पठाइसकेका छन् । 'कविहरूले उत्साहपूर्वक कालीगण्डकी बचाउन कविता पठाउनुभएको छ’ गिरिले भने, 'अझै धेरैभन्दा धेरै स्रष्टाहरूलाई संरक्षण अभियानमा एक्येबद्धतासहित कविता पठाउन अनुरोध गरेका छौं ।'
गिरिका अनुसार प्राप्त कविताहरूलाई संकलन गरेर 'नदी सप्तक' नामक कवितासंग्रह नै तयार पार्ने लक्ष्य राखिएको छ । यता कालीगण्डकी बचाऔं अभियानले आफ्नो अपिलपत्रमा भनेको छ, 'कालिगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि/लेखकले आफ्नो कलममार्फत शासकलाई झक्झकाउनुपर्ने बेला आएको छ ।
प्राप्त कविता हाललाई डिजिटल कन्टेन(पोस्टर कविता)का रुपमा फेसबुकमा पोस्ट गरिने छ ।' साथै अहिले कालीगण्डकीमाथि विभत्स दोहन चलाइएको र नदीको सभ्यता, पर्यावरण तथा जीविकामाथि गम्भीर संकट पर्ने काम गरिएकोमा अभियन्ताहरूले विगत केही महिनादेखि विरोधका विविध क्रार्यक्रम गरिरहेका छन् । कविता पठाउने ठेगाना : [email protected] रहेको छ ।

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

प्रतिक्रिया