स्वास्थ्य सामग्री आयातमा विदेशी मुद्राको सीमा खुकुलो

काठमाडौँ– नेपाल राष्ट्र बैंकले स्वास्थ्य सामग्री आयात गर्न विदेशी मुद्राको सीमा खुकुलो बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागको सिफारिशमा आयात गरिने स्वास्थ्य सामग्रीको हकमा एकै बिजकबाट एक लाख अमेरिकी डलरसम्मको भुक्तानीका लागि प्रतीतपत्रको आवश्यकता नपर्ने भएको छ । यस्तो भुक्तानी ड्राफ्ट र टेलिग्राफिक ट्रान्सफर (टीटी) मार्फत् गर्न सकिन्छ ।
कोभिड–१९ बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन लगायतको आयातमा ड्राफ्ट र टीटीमा लगाइएको सीमा हटाउनुका साथै व्यवसायिक साख सूचना पनि आगामी चैतसम्म गरिने आयातमा आवश्यक नपर्ने राष्ट्र बैंकद्वारा जारी परिपत्रमा उल्लेख छ । व्यवसायिक कारोबार गर्ने कम्पनीहरूले आवश्यकता अनुसार ३५,००० अमेरिकी डलरसम्मको सटहीमा व्यवसायिक साख सूचना आवश्यक नपर्ने उल्लेख छ ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया