बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

नदीमा फसेका दाइ र बहिनीको उद्धार

कैलाली- नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका-३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको गए राति  उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
    
घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो । रासस