निर्यात दुई गुणा बढ्दा पनि व्यापार घाटा ७० प्रतिशतले बढ्यो

काठमाडौँ - आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा अन्तर्राष्ट्रिय व्यापारमा नेपालले झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । निर्यात व्यापारमा दुई गुणाले सुधार आउँदा पनि व्यापार घाटा बढेको हो । भन्सार विभागको तथ्यांकअनुसार १ खर्ब २९ अर्ब करोड रुपैयाँ व्यापार घाटा भएको छ । यो गत आर्थिक वर्षको साउन महिनाको तुलनामा ७०.५९ प्रतिशत बढी हो ।
आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा ७६ अर्ब रुपैयाँ व्यापार घाटा पुगेको थियो । कोभिड-१९ का कारण अन्तर्राष्ट्रिय व्यापारमा संकुचन आउँदा गत आर्थिक वर्षमा आयात घटेको थियो । तर, कोभिड-१९ विरुद्ध भ्याक्सिन वितरण तिव्र बन्दै गए पछि नेपालका प्रमुख व्यापारिक साझेदार मुलुकहरूले आर्थिक गतिविधि बढाइरहेका छन् । जसको प्रभाव आयात व्यापारमा देखिएको छ ।
नेपालले साउनभरि १खर्ब ५० करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गत आर्थिक वर्षको साउनको तुलनामा ७५ प्रतिशत बढी हो । गत आवको साउनमा ८५ अर्ब ८० करोड रुपैयाँ बराबर वस्तु आयात गरेको थियो ।
आयातको तुलनामा निर्यात हिस्सा सानो रहेकाले निर्यात वृद्धिले खासै व्यापार घाटा घटाउनमा खासै ठूलो प्रभाव पारेको देखिँदैन । एक खर्ब ७१ अर्बको वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२ प्रतिशत मात्रै छ । गत आवको साउनको तुलनामा यो निर्यात हिस्सा बढेको हो ।
निर्यात व्यापारमा समेत दुई गुणा वृद्धि भएको छ । गत आवको साउनमा नौ अर्ब ६२ करोड रुपैयाँ मात्रै निर्यात भएको थियो । यसपाली निर्यात २० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।
तेल निर्यात गरेर खाद्यान्न आयात
निर्यात बढ्नुमा पाम आयल र भटमासको तेलको ठूलो योगदान देखिन्छ । भारतले नेपालमाथि पाम आयलमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि पाम आयलको निर्यात बढ्न थालेको छ । विदेशबाट कच्चा पाम आयल र कच्चा भटमासको तेल ल्याएर त्यसलाई प्रशोधन गरिरहेको तथ्यांकले देखाउँछ ।
साउनमा ४० अर्ब रुपैयाँभन्दा बढी भटमासको तेल निर्यात भएको छ । पाँच अर्ब रुपैयाँको पाम आयल निर्यात भएको छ । चार अर्बको सूर्यमुखी तेल निर्यात भएको छ । नेपालबाट प्रशोधित तेल भारततर्फ निर्यात हुने गरेको छ । नेपालले विदेशबाट आठ अर्ब ३२ करोड रुपैयाँ भटमासको कच्चा तेल आयात गरेको छ । दुई अर्ब ४० करोड रुपैयाँको कच्चा पाम आयल आयात गरेको छ भने एक अर्ब ४७ करोड रुपैयाँ सूर्यमुखीको कच्चा तेल आयात गरेको छ ।
ठूलो मात्रामा तेल निकासी गरिरहेको नेपालले खाद्यान्नमा भने भारतकै भर पर्नु परेको तथ्यांकले देखाउँछ । चामल, मकै, धान जस्ता खाद्यान्न नेपालले उल्लेख्य मात्रामा आयात गरेको छ । साउनमा ४८५ किलो सुन आयात गरेको छ ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया