तीन पालिकाका सेवाग्राहीलाई आलोपालो प्रणाली

बनेपा- जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिका हेरफेर गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेवा प्रवाहका क्रममा भुम्लु, बेथानचोक र रोशी गाउँपालिकाका सेवाग्राहीलाई समय तालिकाअनुसार नै सेवा प्रवाह गर्ने गरी हेरफेर गरिएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दैनिकरूपमा आउने सेवाग्राही नागरिकता बनाउन, राहदानी बनाउन, नवीकरण गर्न र राष्ट्रिय परिचयपत्र बनाउन दैनिक ५०० भन्दा बढीको सङ्ख्यामा आउने भएपछि भीड कम गर्न समय तालिका हेरफेर गर्नुपर्ने अवस्था आएको बताए । कोभिड–१९ को सङ्क्रमणदर बढिरहेको अवस्थालाई दृष्टिगत गर्दै आगामी आइतबारदेखि लागू हुनेगरी समय तालिका हेरफेर गरिएको हो ।
त्यसअनुसार अर्को व्यवस्था नभएसम्मका लागि बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बुधबार, पनौती नगरपालिका, पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाका सेवाग्राहीका लागि मङ्गलबार तथा शुक्रबार र धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका तथा रोशी गाउँपालिकाका सेवाग्राहीका लागि सोमबार र बिहीबार समय तोकिएको छ ।
त्यसबाहेक जिल्लाका कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका र डाँडापारिस्थित विकट महाभारत र खानीखोला तथा तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि भने दैनिकरूपमा नै सेवा प्रवाह हुने जनाइएको छ । यसअघि गत साउन ३१ गतेदेखि कार्यालयले सबै गाउँपालिकाका हकमा दैनिकरूपमा सेवा प्रवाह गर्दै आएको र नगरपालिकाका सेवाग्राहीका लागि मात्रै आलोपालोरूपमा सेवा दिँदै आएको थियो । रासस
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया