सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

रातभरीको पानीले रुपन्देही र नवलपरासीका विभिन्‍न क्षेत्र डुबानमा

बुटवल - अविरल बर्षाका कारण रुपन्देही र नवलपरासीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । रुपन्देहीको तिलोत्तमा, भैरहवा देवदहका अधिकांश भूभाग डुवानमा परेका हुन् । नवलपरासीको परासी बजार पुर्णरूपमा डुवेको छ । 

धेरका भुईँतलमा पानी पसेको रामग्राम नगरपालिकाका मेयर नागेन्द्र गुप्ताले बताए । रुपन्देहीको  देवदहस्थित घोडाहाको पक्की पुल भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । देवदह प्रहरी चौकीका प्रमुख गंगा सारूले घोडाहाको पुल भासीदा राजमार्ग अवरुद्ध भएको बताए । 

त्यस्तै नवलपरासीको गैडाकोमा रहेको डाईभ्रसन बगाउदा रातिदेखि नै राजमार्ग अवरुद्व भएको छ । पानी नरोकिएकोले उद्वार र सडक गर्न समस्या भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले बताए ।