‘दक्षिणपन्थीलाई परास्त गर्दै विद्रोह सफल भएको छ’
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका अध्यक्ष माधव नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको उदय भएको दाबी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन् ।
‘नेपाली कम्युनिष्ट आन्दोलनको उतारचढावपूर्ण इतिहासमा फेरि एउटा विद्रोह भएको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को उदय भएको छ,’ नेपालले विज्ञप्तिमार्फत भनेका छन् ।
नेपालले तत्कालीन सुरुवाती अवस्थामा नेकपाले दिएका लक्ष्य र उद्देश्य पुरा गर्न नै नयाँ दल दर्ता गरेर अघि बढेकोसमेत उल्लेख गरेका छन् ।
‘नेकपाले आफ्नो स्थापना कालदेखि नै राष्ट्र र जनताकासामु राखेका लक्ष्य–उद्देश्यहरू प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौं,’ नेपालले लेखेका छन्, ‘त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्न चाहन्छौं । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरूको रक्षा र विकासका निम्ति पनि हामी दृढताका साथ अगाडि बढ्न चाहन्छौं ।’
यस्तो छ नेपालले जारी गरेको वक्तव्य :

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछु : पूर्वमन्त्री भट्टराई

प्रचण्ड भन्छन्- जादु चलाउन चाहे सक्छु तर सरकार बनाउने पक्षमा छैनौँ

विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैन : शिक्षामन्त्र…

सरकारविरूद्ध संसद्मा प्रचण्डले खर्चिएका ३४२२ शब्द

सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्यो : कोइराला

नीति तथा कार्यक्रमबारे प्रचण्डको प्रश्न : विदेशमा आँसु, रगत र पसिना बगाउने श्रम…

प्रतिक्रिया