बिहेको बहाना गर्दै महिलालाई दुबईमा बेच्ने युवक जेल चलान

काठमाडौँ - काठमाडौंमा काम खोज्दै हिँडेकी महिलालाई विवाह गर्ने आश्वासन देखाएर दुबईमा बेचेको आरोपमा अर्घाखाँचीका युवकलाई अदालतले थुनामा राख्ने आदेश गरेको छ । १७ साउनमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अर्घाखाँची घर भएका ३३ वर्षीय मधु श्रेष्ठलाई पक्राउ गरेको थियो ।
बिहीबार जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । अदालतको आदेशपछि उनलाई सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा राखिएको छ । कार्तिक ०७७ मा कामको खोजीमा रहेकी महिलालाई मधुले ‘म र श्रीमतीको बीचमा राम्रो सम्बन्ध छैन, दुबई गएर पैसा कमाएर आउ अनि तिमीसँग विवाह गरौंला’ भनेर दुबई पठाएका थिए ।
दुबई पठाउनुअघि श्रेष्ठले ती महिलालाई गेष्ट हाउस र मनमैजुस्थित आफ्नो फ्ल्याटमा राखेर जबरजस्ती यौन सम्बन्ध राखेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।महिलासँग १ लाख ३० हजार रूपैयाँ लिएर उनले दुबईमा बेचेको मानव बेचविखन अनुसन्धान ब्यूरोकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहले जानकारी दिइन् ।
दुबईस्थित एक अरबीको घरमा पुर्याएकी ती महिलालाई अबरीले ‘तँलाई १५ हजार दिराममा किनेको हुँ’ भन्दै कुटपिट र बलात्कार प्रयास गरेपछि उनी त्यहाँबाट भागेकी थिइन् । दुबईस्थित एनआरएनएको सहयोगमा उनी ९ असार ०७८ मा नेपाल फर्केकी थिइन् । नेपालमा आएर घटनाबारे जानकारी गराएपछि ब्यूरोले त्यसबारे अनुसन्धान गरेर आरोपीलाई पक्राउ गरेको हो ।

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

प्रतिक्रिया