मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

नेपालप्रति रावलको टिप्पणी : महासचिव, अध्यक्ष र प्रधानमन्त्री भएर एमाले काम नलाग्ने भन्नु आश्चर्यजनक

काठमाडौँ – नेकपा एमाले स्थायी कमिटी सदस्य भीम रावलले नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालले नेकपा एमाले कुमयुनिस्ट विचारधाराबाट बाहिर जाँदै दक्षिणवादी कित्तामा पुगेको आरोप लगाएका थिए ।

नेपालको सोही अभिवयक्तिप्रति रावलले टिप्पणी गर्दै प्रतिक्रिया जनाएका हुन् । रावलले नेपाल पुँजीवादी नेपाली कांग्रेससँग मिलेर एमालेलाई आरोप लगाइरहेको दाबी गरेका छन् ।

‘दक्षिणपन्थी पपुँजीवादी नेपाली कांग्रससँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा एमालेलाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो,’ रावलले ट्वीटमा लेखेका छन्, ‘अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक  हो ।’ एमालेको नवौं महाधिवेशनदेखि नोपल पक्षमा रहेका रावल एमाले विभाजन गरेर नेपालले नयाँ दल खोलेपछि भने एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा लागेका छन् ।