सगरमाथाको नयाँ उचाइ मानवीयताको नयाँ उचाइको सूचांक : चीन

काठमाडौँ : चीनले सगरमाथा (चोमोलोङमा) को नयाँ उचाइ मानवीयताको नयाँ उचाइको सूचांक भएको टिप्पणी गरेको छ । बेइजिङमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियां विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजानले सगरमाथाको उचाइले यस क्षेत्रको नयाँ आशाको सञ्चार गरेको बताएका हुन् । सगरमाथाको उचाइ नेपाल चीन सम्वन्धको कोशेढुंगा सावित देखिएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।
नेपाल र चीनका राष्ट्रपतिको सन्देश सहित उक्त उचाइ सार्वजनिक मंगलबार भर्चुअल सार्वजनिक भएको थियो । संसार नै कोभिड-१९ को त्रासामात्र होइन प्रभावित समेत भइरहेको अवस्थामा सगरमाथाको नयाँ उचाइको समाचारले आशाको सञ्चार गरेको बताए । ‘अति प्रतिकुलताका बाबजुद दुवै पक्षले विगत एक वर्षमा कठिन काम सम्पन्न गरेका हन,’ उनले भने, ‘चीन पर्यावरण र वातावरणको संरक्षणलाई सुदृढ बनाउन र अन्य अनुसन्धानका क्षेत्रमा नेपालसंग सहकार्य गर्न तयार छ ।’ यो सहकार्य सम्भव रहेको उदाहरणका लागि सगरमाथाको उचाई मापन नै काफी भएको पनि उनले बताए ।
झाओले यो वर्ष दुवै मुलुकबीच कूटनीतिक सम्बन्धको ६५ औ बार्षिकोत्सव मनाइएको भन्दै दुबै पक्षको संयुक्त प्रयासको साथ, बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सहयोग निरन्तर रुपमा प्रगति भएको धारणा राष्ट्रपति सि चिनफिङको सन्देश शैलीमा नै राखे । ‘नेपाली पक्षले उल्लेख गरेझै नेपाल र चीन सम्बन्ध हिउँजस्तै पवित्र र हिमालजस्तै विशाल तथा अटल रूपमा विकास हुने अपेक्षा चीनको छ,’ उनले भने । उनले कोभिड-१९ ले अझै पनि विश्व भयावह अवस्थामा छ भन्दै अन्य मलुकको लागि पनि नेपाल र चीन सम्वन्ध सहकार्यको एक उदाहरण रहेको बताए । नेपाल चीन जस्तै सहकार्य अघि बढेमा कोभिड जस्ता भाइरसलाई सहजै पराजित गर्न सकिने धारणा समेत उनले पत्रकार सम्मेलनमा राखे ।

अवैध १५ करोड ‘नोट काण्ड’ मा मुछिएका दिल्ली अदालतका न्यायधिसमाथी भयो कारबाही

भारतमा एक नेपालीको मृत्यु

‘सांस्कृतिक सेतु’ बन्दै कोलकाताका नेपाली भाषी

नेपाली मुलका एलेक्स कार्की अष्ट्रेलियाको सत्तारुढ दलबाट सांसद पदका उम्मेदवार

इजरायलमा पनि मनाइयो २८ औं आदिवासी दिवस

चीनले जितेको त्यो वार्ता

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

प्रतिक्रिया