एमाले संगठनहरूमा १० बुँदे कार्यान्वयन गराउन कार्यदल गठन

काठमाडौँ – नेकपा एमालेले पार्टीका सबै जनवर्गीय संगठनहरूमा १० बुँदे सहमति कार्यान्वयन गराउनका लागि कार्यदल गठन गरेको छ । बिहीबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले कार्यदल गठन गरेको हो ।
सबै जनवर्गीय संगठनहरूलाई २ जेठ ०७५ अघिको अवस्थाबाट क्रियाशील बनाउन कार्यदल गठन गरिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यदलमा पूर्वमाओवादीबाट एमालेमा आएका एकसहित चार जना सदस्य छन् ।
महासचिव ईश्वर पोखरेल नेतृत्वमा गठित कार्यदलमा उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र माओवादीबाट एमालेमा रहेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी छन् ।
एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, नेपाल किसान महासंघ, खेलकुद महासंघलगायतका जनवर्गीय संगठनमा २ जेठ अघिको नेतृत्व फेरिएका छन् । अब कार्यदलले बाँकी सबै संगठनलाई २ जेठकै अवस्थामा पुर्याउने उनले बताए । जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदले सहजीकरण गर्ने ज्ञवालीले बताए ।

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछु : पूर्वमन्त्री भट्टराई

प्रचण्ड भन्छन्- जादु चलाउन चाहे सक्छु तर सरकार बनाउने पक्षमा छैनौँ

विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैन : शिक्षामन्त्र…

सरकारविरूद्ध संसद्मा प्रचण्डले खर्चिएका ३४२२ शब्द

सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्यो : कोइराला

नीति तथा कार्यक्रमबारे प्रचण्डको प्रश्न : विदेशमा आँसु, रगत र पसिना बगाउने श्रम…

प्रतिक्रिया