अफगानिस्तानका पूर्वमन्त्री जर्मनी पिज्जा डेलिभरी गर्दै

काठमाडौँ- सैयद अहम्मद शाह सादत अफगानिस्तानका पूर्वसूचना प्रविधि मन्त्री हुन् । एक वर्षअघि मुलुक छाडेका सादत सादत हाल जर्मनीमा छन् । तालिबान काबुल फर्केसँगै अफगानिस्तान अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बहसको विषय बनेको छ । त्यही मुलुकका सादत पनि अहिले चर्चामा छन् । सामाजिक सञ्जालको भाषामा भन्ने हो भने, भाइरल बनेका छन् । तर, कारण केही पृथक छ ।
सादत जर्मनीको लाइपजिग सहरमा पिज्जा डेलिभर गरिरहेको भेटिएका छन् । स्थानीय जर्मन पत्रकारले कैद गरेको तस्बिरमा सादत साइकलमा पिज्जा डेलिभर गर्न गइरहेको देखिएका छन् । सो तस्बिरमा सादतले पहेलो युनिफर्म लगाएका छन् भन पछाडि ठूलो झोला भिरेका छन् । उनको यो तस्बिर बुधबार भाइरल बन्यो । अल जजिरा अरेबिया लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सादतको नयाँ रुपबारे समाचार बनाएका छन् ।
जोसा मानिया सेगेल नाम गरेका जर्मन पत्रकारले ट्वीट गर्दै भनेका छन्, ‘केही दिनअघि मैले एक मानिसलाई भेटे । परिचयमा उनले आफू अफगानिस्तानको पूर्वमन्त्री रहेको बताए । उनले आफू खाना डेलिभर गर्ने काममा लागेका बताए,’ सादतले स्काइ न्यूज अरेबियासाग कुरा गर्दै भाइरल तस्बिर आफ्नै भएको बताएका छन् ।
सादत सन् २०१८ मा मन्त्री बनेका थिए । असरफ घानीको सरकारमा सादतले सूचना तथा प्रविधि मन्त्रालय सम्हालेको भारतीय अखबार इन्डिया टुडेले लेखेको छ । उनले सन् २०२० मा मन्त्री पद त्यागेको र गत वर्षको डिसेम्बरमा वर्मनी पुगेको बताइएको छ । भारतीय अखबार हिन्दुस्तान टाईम्सका अनुसार सादतले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका हुन् ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया