बेलायतले नेपाललाई कोभिडविरुद्धको १ लाख ३० हजार डोज खोप उपलब्ध गरायो

काठमाडौँ- बेलायतले उपलब्ध गराएको कोभिडविरुद्धको अष्ट्राजेनिका एक लाख ३० हजार डोज खोप नेपाल ल्याइएको छ । बिहीबार नेपालस्थित बेलायती दूतावासकी राजदूत निकोला पोलिटले उक्त खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीलाई हस्तान्तरण गरेकी हुन् ।
भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । हालसम्म एक करोड १३ लाख ९४ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ ।
चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख खोप ल्याइएको छ। भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख र खरिद गरेको १० लाख खोप आउन बाँकी छ ।
भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया