थप २,४३३ जना कोभिड संक्रमित थपिँदा २६ जनाको मृत्यु

काठमाडौँ - नेपालमा बिहीबार थप दुई हजार ४ सय ३३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय २ पीसीआर परीक्षणका क्रममा २ हजार ५२ र ४ हजार ६ सय ७२ एन्टीजेन परिक्षणका क्रममा ३ सय ८१ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ३६ हजार ८८३ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ६ सय ३८ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १ हजार ९ सय २९ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५ हजार ८ सय ९३ संक्रमित कोभिडमुक्त भएका छन् । हालसम्म नेपालमा ३८ लाख ६८ हजार ७ सय १७ पिसिआर र ४ लाख ५० हजार ३२९ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया