निजी विद्युत् कम्पनीलाई एक अर्ब ४४ करोड भुक्तानी

काठमाडौँ- विभिन्न २० वटा जलविद्युत् कम्पनीलाई सरकारले सूचिकृत दर (पोस्टेड रेट) र विद्युत खरिद सम्झौतामा उल्लिखित दर (पीपीए रेट) बीच परेको फरक रकमबापत सरकारले हालसम्म एक अर्ब ४४ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरेको छ । अझै २९ करोड ८० लाख रुपैयाँ सरकारले भुक्तानी दिन बाँकी रहेको महालेखा परीक्षकको प्रतिवेदनल औंल्याएको छ ।
मुलुकमा चरम लोडसेडिङ रहेका बेला निजी क्षेत्रलाई प्रोत्साहित गर्न मन्त्रिपरिषद्ले २०६८ माघ १७ गते पोस्टेड रेट र पीपीए रेटबीचको फरक रकम २०७१ चैत मसान्तसम्म बिजुली उत्पादन गर्ने कम्पनीलाई दिने निर्णय गरेको थियो । यो निर्णय लोडसेडिङ न्यूनीकरण कार्ययोजना, २०६८ अनुसार गरिएको थियो । उक्त कार्ययोजना र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न ऊर्जा मन्त्रालयल २०६८ सालमै सुविधा सम्बन्धी कार्यविधि बनाएको थियो । त्यसैका आधारमा २० कम्पनीले सूचिकृत दरको रकम प्राप्त गरेका हुन् ।
उक्त फरक रकम विद्युत् प्राधिकरणले प्रवद्र्धक कम्पनीलाई दिएको थियो । प्राधिकरणले भने अर्थ मन्त्रालयबाट भड्ताल गराएको थियो । महालेखाले विद्युत् खरिद बिक्री सम्झौतामा खरिद बिक्री दर निर्धारण भइसकेको अवस्थामा सम्बन्धित ऐन, नियमावलीमा व्यवस्था नगरी छुट्टै कार्यविधि तयार गरी सात वर्षसम्म सुविधा उपलब्ध गराएको देखिएको उल्लेख गरेको छ ।

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

युरो एकको बिक्रीदर १६१ रूपैयाँ नाघ्दा अरू देशको मुद्रा कतिमा हुँदैछ कारोबार…

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक : पूर्वअर्थम…

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया