बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

माधवजी भुइँ मान्छे हो, उहाँले ठूलो पार्टी बनाउनुहुन्छ

प्रदीप नेपाल अहिले राजनीतिमा त्यति सक्रिय छैनन्, तर उनी आफ्नो क्रियाशीलता कम भएको मान्दैनन् । एमालेबाट छुट्टिएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा सनाखतका लागि नेपाल आफैँ उपस्थित भए । उनले माधवकुमार नेपाल पार्टी संगठन बुझेको कुशल संगठक र भुइँमान्छे भएकाले बृहद् कम्युनिस्ट पार्टी निर्माण हुनेमा आशावादी भएको बताए । उनले जनताको बहुदलीय जनवादको रक्षा गर्दै वैज्ञानिक समाजवाद हासिल गर्ने नेकपा (एकीकृत समाजवादी) को विधानबारे बताउँदै माधवकुमार नेपालसँग नयाँ पार्टीबारे छलफल हुँदा जनताको बहुदलीय जनवादलाई अनुसरण गरे आफू त्यसमा सहभागी हुने बताएको प्रसङ्ग पनि सुनाए । नेपालसँग इकागजको संवाद : 

यहाँहरूको ठूलो मेहनतले नेकपा एमाले निर्माण भयो, फेरि नयाँ पार्टी निर्माण गर्ने आवश्यकता किन पर्‍यो ? 
त्यो त सबै सामु स्पष्ट छ । आन्दोलनले पार्टी पुनर्गठनको माग पनि गर्छ, यथास्थितिमा रहेर त हामी लक्ष्यमा पुग्‍न सक्दैनौँ । विधि, पद्धति, सांगठनिक सुदृढीकरणले मात्र राजनीतिक दल जीवन्त हुनसक्छ । 

नयाँ पार्टीको भविष्य कस्तो देख्नुहुन्छ ? 
म त राम्रो देख्छु । पार्टीमा राम्रो काम गरेका साथीहरू उहाँतिर छन् । स्थापित नेताहरू, जुझारु कार्यकर्ता अनि पार्टीको दृष्टिकोण र नीति राम्रो छ । उहाँहरूसँग सांगठनिक कुशलता छ ।

तर पार्टी फुटाउनेहरूले बलियो पार्टी बनाउन सकेनन् विगतमा ? 
यो भनाइमा कुनै वैज्ञानिक कारण छैन । हाम्रो पार्टीमा सबैजना नेताहरू जनमत पाएका, जनताको विश्वास जितेका नेताहरू हुनुहुन्छ । २०४७ सालमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी पुनर्गठन गर्दा पनि अधिकांश मालेबाट आएका नेताहरू हुनुहुन्थ्यो ।

माधवकुमार नेपालजीमा कुनै दम्भ र अहंकार छैन, संगठन निर्माण गर्ने उहाँहरूले नै हो ।

बीपी कोइरालाले सुवर्ण शमशेरको पार्टीसँग एकता गरेर त्यसलाई पुनर्गठन गरेर नेपाली कांग्रेस बनेको हो नि ! त्यसकारण आवश्यकता, सान्दर्भिकता, मूल्य-मान्यता, नीति र नेतृत्वले पार्टी बन्‍ने हो । माधवकुमार नेपालजी भुइँमान्छे हो, उहाँ मिलनसार र कुशल संगठक हुनुहुन्छ । कुनै दम्भ र अहंकार छैन, संगठन निर्माण गर्ने उहाँहरूले नै हो । 

यहाँ आफैँ पनि निर्वाचन आयोगमा दल दर्ताका क्रममा सनाखतका लागि जानुभयो नि ? 
हो, म गएको थिएँ । मैले माधवजीलाई भनेको थिएँ- विधानमा जनताको बहुदलीय जनवाद हुनुपर्छ । मलाई मान्य हुन्छ । जनताको बहुदलीय जनवादको संरक्षण गर्दै वैज्ञानिक समाजवाद हासिल गर्नु नै वर्तमान आवश्यकता हो । 

यहाँ पनि सक्रिय हुनुहुन्छ अब राजनीतिमा ? 
मेरो सक्रियता कहिले खुम्चिएको देख्नुभएको छ र !

फेरि माधवकुमार नेपालहरू नै पार्टी एकताका लागि खुला छौँ भनिरहनुभएको छ ? 
बृहत्तर कम्युनिस्ट एकताका लागि हामी सधैँ खुला रहनुपर्छ । नेकपा (एकीकृत समाजवादी) को विधान अनुरूप सोच राख्‍ने, उस्तै नीति र दृष्टिकोण भएका पार्टीहरूसँग त जतिबेला पनि एकता हुनसक्छ । 

अब माधव नेपालहरू पनि सरकारमा जानुहुन्छ ? 
उहाँहरू सत्तारुढ गठबन्धनमा सामेल हुनुहुन्छ भनेपछि सरकारमा पनि जानुहोला । सरकारलाई समर्थन गर्ने दल सत्तामा जाने कुरामा कुन आश्चर्य हुन्छ र !

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सनमा मेरो उपस्थिति

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सन…

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्…

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टराई

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टर…

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्…

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी