छोराको चाहनामा प्रकाशराजको विवाह

मुम्बई : दक्षिण भारतका कलाकार प्रकाशराजको दुई दिनअघि विवाहको तस्बिर भाइरल भयो । ५६ वर्षको उमेरमा उनले फेरि विवाह गरेको भन्दै चारैतिर समाचार आए । सामाजिक सञ्जालमा त बुढेसकालमा विवाह गरेको भन्दै उनको चर्को आलोचना नै भयो ।
यसरी सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि भने प्रकाशराजले स्पष्टिकरण दिए । यो स्पष्टिकरणले उनले आफ्नै श्रीमतीसँग विवाह गरेको भन्ने मात्र स्पष्ट पारेन, पुनः विवाह छोराको करको कारणले पनि भएको बताए ।
प्रकाशराजले पोनी बर्मासँग दस वर्षअघि दोस्रो विवाह गरेका थिए । विवाह गरेको ५ वर्षपछि दुवैबाट एक छोराको जन्म भएको छ । प्रकाशराजका अनुसार ७ वर्षीय छोराले विवाह हेर्न कर गरेपछि छोरालाई देखाउन उनीहरूले फेरि विवाह गरेका थिए ।
तर, कतिले यो कुरा नबुझेपछि प्रकाशराजलाई गाली गरेका थिए । प्रकाशराजको विवाहले मिम बनाउने र ट्रोल गर्नेलाई भने खुराक मिलेको छ । ट्रोलरहरू प्रकाशराजले फेरि विवाह गरेर सलमान खानको मजाक उडाएको भन्दै मिमको बाढी लगाएका छन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया