जनकपुरधाममा एसिड प्रहार सम्बन्धी पहिलो मुद्दा दर्ता

जनकपुरधाम : जनकपुरधाममा एसिड प्रहार सम्बन्धी पहिलो मुद्दा दर्ता भएको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश जारी भएपछि पहिलो पटक एसिड प्रहार सम्बन्धी मुद्धा दायर भएको हो । गत कात्तिक २९ गते जनकपुरधाम उपमहानगरपालिका ७ मा एक महिलालाई उनकै पतिले गरेको एसिड प्रहार गरेका थिए ।
बुधवार जिल्ला सरकारी वकिल कार्यालय जनकपुरधामले पत्रकार सम्मेलन गरी २१ वर्षीया आरती साहमाथि भएको एसिड प्रहार घटनामा पीडितका श्रीमान संजीव साह र उनलाई सहयोग गर्ने एसिड विक्रेता नागेन्द्र साहविरुध्द अध्यादेश जारी भएपछि पहिलो अभियोग पत्र दर्ता भएको सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए ।
आरोपमा आरोपितद्वय संजीव र नागेन्द्र विरुध्द अंगभंग, करुप र एकीकृत कसूर सहितका तीनवटा मुद्दा जिल्ला अदालतमा दर्ता भएको उनले बताए । मुलुकी ऐन कानून अनुसार र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश अनुसार आरोप साबित भएकोमा तिनीहरू विरुध्द तीनवटै मुद्दामा १५ वर्ष ६ महिना कैद सजाय र कानून अनुसार क्षतिपूर्तिको अभियोग पत्रमा माग गरिएको अर्यालले जानकारी दिए ।
पारिवारिक विवादका कारण माइती आएकी आरतीमाथि उनका पति संजीवले नागेन्द्रको पसलबाट एसिड किनेर प्रहार गरेका थिए । सो एसिड प्रहारबाट उनका तीन वर्षीया छोरीको समेत शरीरको केही भागमा सामान्य क्षति भएको थियो । घटनाकै दिन प्रहरीले जनकपुरधाम ४ संकटमोचन स्कूल नजिकबाट आरोपित संजीवलाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धानको क्रममा एसिड विक्रेता निखिल स्टोर्सका संचालक नागेन्द्र साहलाईसमेत पक्राउ गरेको थियो ।
नागेन्द्रको पसलबाट प्रहरीले ५८ बोतल एसिड सहितका रासायनिक पदार्थ बरामद गरेको थियो । हाल पीडित आरतीको उपचार कीर्तिपुर अस्पतालमा भइरहेको छ ।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया