‘भाइरल रोड’मा आन्तरिक पर्यटकलाई रोक

कैलाली - कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित ‘भाइरल रोड’मा आउदो भदौ १३ गतेदेखि आन्तरिक पर्यटकलाई रोक लगाएको छ । पछिल्लो समय चर्चित सडकमा अत्याधिक भिडभाड बढेको र सडकको काम प्रभावित बनेको भन्दै प्रशासनले आन्तरिक पर्यटकलाई रोक लगाउने निर्णय गरेको हो ।
कंचनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले सडकको कामसँगै कोभिना संक्रमणको जोखिम बढेको, मदिरा तथा लागूऔषध सेवन गरी दिनहुँ झै–झगडा हुने अवस्था सिर्जना भएको, भिडका कारण निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा रोक लगाइएको बताए।
सोमबार मात्रै भाइरल रोडको छेउमै रहेको महाकाली नदीमा भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी बेपत्ता भएका थिए। उनले सोमबार महाकालीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको खोजी कार्य भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
कोभिड-१९ पछि थला परेको ब्यबसाय केही उकालो लाग्दै गरेको अवस्थामा बिकल्प खोज्नुको साटो बन्द गर्दा सो आसपास ब्यबसाय गर्ने साना ब्यबसायी सबैभन्दा मारमा परेका छन् ।
कामका लागि भारत गएपनि काम नपाएपछि फर्केर आएका भुजेलाका लक्ष्मण मौनीले यही भाइरल रोडमा आइसक्रिम बेच्न थालेको बताए उनले दैनिक हजार बाह्रसयको मुनाफा हुँदै आएकोमा फेरि बेरोजगार हुइने हो कि भनी चिन्ता व्यक्त गरे ।
मौनी मात्रै होइन भाइरल सडक बन्द भए आफ्नो रोजीरोटी नै गुम्ने चिन्ता सानाब्यबसाय गर्ने थुप्रैलाई लागेको बताए । प्रशासनलाई अन्य विकल्प खोज्दै सो सडक बन्द नगर्न होटल ब्यबसाय संघ कंचनपुरका अध्यक्ष जगदीश भट्टले आग्रह गरे ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया